डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

महेन्द्रनगर : डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा बजारबाट पुइलेक तर्फ गइरहेको ३६२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
अमरगढी नगरपालिका ६ का २० वर्षीय सजन ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यस्तै मोटरसाइकलमा सवार सोही ठाउँका मुकेश ताम्राकार घाइते भएको र उनको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ ।

ताजा समाचार