दोधारा चाँदनीमा पुर्व सशस्त्र प्रहरी जवान खड्का वडा सदस्य


दोधारा । झण्डै एक दशक सशस्त्र प्रहरीमा सेवा गरेका एक सशस्त्र प्रहरी जवान दोधारा चाँदनीमा वडा सदस्य बनेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ निवासी तथा पुर्व सशस्त्र प्रहरी जवान बल बहादुर खड्का वडा नं. ९ का वडा सदस्य पदमा बिजय भएका हुन् । उनि नेपाली कांग्रेंसको तर्फबाट वडा नं. ९ का एक्लो बिजयता हुन् । वडामा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी पाएका गोपिलाल कडेंल बिजय भएका छन् । यस्तै वडा सदस्यमा नेकपा एमालेका उम्मेदवार बल बहादुर रावत, मिना धामी, मैना देबि सुनार बिजय भएका हुन् । दश वर्ष सशस्त्र प्रहरीमा जागिर खाएका एक वर्ष अघि मात्रै स्वईच्छा अवकार लिएर घर फर्केका हुन् । सेनामा जस्तै अनुशासित तथा ईमान्दारिताका साथ सामाजमा सेवा गर्ने रहरले वडा सदस्यमा बन्न रहर गरेको उनले बताए । सामाजमा देखिएको भ्रष्टाचार निर्मुल गरि सुशासन कायम गर्न आफ्नो महत्वपुर्ण भुमिका रहनेमा वडा सदस्य ढुक्क भएका छन् ।


ताजा समाचार

spot_img