कञ्चनपुर: विश्व दुध दिवसको अवसरमा कञ्चनपुर महेन्द्रनगरमा प्रभातफेरी गरिएको छ । बुधबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिवसको अवसर पारेर जनचेतनामुलक प्रभातफेरी गरिएको हो । मध्यपान घटाऔँ, दुद्यपान बढाऔँ सहितका जनचेतनामुलक नारा सहित दिवस मनाईएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिह ठगुन्नाले स्वास्थ्यका लागि चाहिने दुग्धजन्य पदार्थबारे सचेतना गराउने उदेश्यले ¥याली निकालिएको बताए । पशु सेवा विभागका निर्वतमान सह सचिव डा. डिकरदेव भट्टले दुधको महत्व र उदेश्य बारे प्रष्ट्याएका थिए ।

भने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सुचना अधिकारी महेन्द्र पाण्डेले जिल्लामा दुध बृद्धिका लागि कार्यालयका तर्फबाट पहल गर्ने बताएका छन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट शुरु भएको ¥याली बजारमा परिक्रमा गरेर पुन कार्यालयसम्म निकालिएको थियो ।







