
दोधारा । अठार नम्वर पिल्लर बस्तीमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जगबुडा नदीले कटानी गरेको खेती योग्य जग्गाको स्थलगत अनुगमन गरेका छन् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. १० स्थित रहेको जगबुडा नदीको पारीको बस्तीमा नदीले कटानी गरेको बिषयमा स्थलगत अनुगमन गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा जोशी, गैर सरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रतिनिधी राजकुमार सुनार, बाताबरण बिज्ञ गणेश ठगुन्ना सहित प्रबिधिकको टोली अठार नम्वर पिल्लर बस्ती पुगेका हुन् । वर्षा संग हिउदमा समेत अठार नम्वर पिल्लर बस्तीको खेती योग्य जग्गा जगबुडा नदीको वर्षेनी कटानीले गर्दा स्थानियहरु किसानहरुले निकै समस्या खेप्दै आएका छन् । नेपाल–भारत सिमा क्षेत्रमा गाँसिएर रहेको अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन केही वर्ष अघि निड्स नेपाल कञ्चनपुर, नेपाल रेडक्रस सोसाईटीबाट जैविक तटबन्ध निमार्ण गरेको थियो । वर्षाको बाढीले निमार्ण गरिएको जैविक तटबन्ध भत्काएपछि बस्तीको जग्गा कटानी पुन ः थालेको छ् । यस पटक जगबुडा नदीले झण्डै २ सय मिटर खेती योग्य जग्गा कटानी गर्दै आएको स्थानियहरुले बताएका छन् । अल्पकालिन समस्या हल गर्न जैविक तटबन्ध निमार्ण गर्नु पर्ने प्राबिधिकहरुले सुझाव दिएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रतिनिधी राजकुमार सुनारले स्थानियहरुले जगबुडा नदीले बस्तीमा कटानी गरेको जानकारी दिएपछि कटानीको अवस्था बुझ्न आफुहरु आएको बताएका छन् । हालको समस्या रोक्न प्राबिधिक टोलीले जैबिक तटबन्ध निमार्ण गर्ने सुझाव आएको हुदा दोधारा चाँदनी नगरपालिका कार्यालय संग समन्वय गरि संस्थाले के गर्न सक्छ् सो सम्बन्धमा छलफल पछि कार्य अघि बढाउने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रतिनिधी राजकुमार सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जगबुडा नदीमा कटानी भईरहेको हुदा चाडै कटानी रोक्ने कार्यमा नगरपालिका कार्यालय अघि बढ्ने बताएका छन् । ‘नगरपालिका कार्यपालिका बैठकमा छलफल संगै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) समन्वय गरि चाडै नदीले गर्दै गरेको जग्गा कटानी नियन्त्रण गर्छौ’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भने ।







