दोधारा । सामुदायिक बिद्यालयहरुका शिक्षकहरुको संगठन निजी श्रोत शिक्षक संघर्ष समितिले आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई आफ्नाो बिभिन्न माँग सहित ज्ञापन पत्र बुझाएका छन् । दोधारा चाँदनी नगरपालिकाका बिभिन्न तहका सामुदायिक बिद्यालयमा रहेका करिब ४३ जना निजी श्रोत शिक्षकहरुको समस्याहरुलाई लिएर आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगी सामुदायिक बिद्यालयहरुका शिक्षकहरुको संगठन निजी श्रोत शिक्षक संघर्ष समितिले माँग सहित ज्ञापन पत्र बुझाएका हुन् । ‘सामुदायिक बिद्यालयमा अध्यापन गराईरहेका निजी श्रोत शिक्षकहरुलाई नगर शिक्षक घोषणा गराईयोस्, नगरपालिकाको वार्षिक बजेट बिनियोजन गर्दा केही वर्ष देखि सामुदायिक बिद्यालयका निजी श्रोत शिक्षकको लागी निरन्तररुपमा वार्षिक रु. ६० लाख रकम बिनियोजित गरिएको बजेटबाट स्थायी शिक्षकहरुले खाईपाई आएको तलबको ४० प्रतिशत तलब पनि सामुदायिक बिद्यालयका निजी श्रोत शिक्षकहरुलाई नपुग्ने हुदा अबका दिनमा फराकिलो बजेट बिनियोज गरि आउदा आर्थिक वर्षबाट शतप्रतिशतरुपमा समान कामको समान पारिश्रमिक ब्यवस्था गरियोस्, नगर शिक्षक घोषणा गर्दा बिज्ञान, गणित, अंग्रजी, कम्प्युटर र अन्य बिषयको हकहितमा ति बिषय शिक्षकहरुका लागी शिक्षण अध्यापन अनुमती पत्र, अनिवार्य नपर्ने गरि नगर शिक्षक घोषणा गरिनुको साथै बिगत लामो समय देखि अध्यापन गर्दै आएका शिक्षकलाई बिस्तापित नगरियोस्, स्थानिय तहमा गठित हुने नगर शिक्षक समितिमा निजी श्रोत शिक्षक संघर्ष समितिका एक जना प्रतिनिधीकोरुपमा त्यस समितिमा चय गरियोस्’ सामुदायिक बिद्यालयहरुका शिक्षकहरुको संगठन निजी श्रोत शिक्षक संघर्ष समिति दोधारा चाँदनीको पेश गरिएको ज्ञापन पत्रमा लेखिएको छ् । दोधारा चाँदनी नगरपालिकामा मेयर किशोर कुमार लिम्बुले ज्ञापन बुझ्दै आफु पनि शिक्षण पेशाबाट आएको बताउदै कार्यपालिका बैठकमा सामुदायिक बिद्यालयको समस्याको बारेमा पहल गर्ने बताएका छन् ।








