पुर्व शिक्षक एव समाजसेवी माली बने बेलडाँडी कार्यपालिका सदस्य


कञ्चनपुर: बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्र्तरगत कञ्चनपुरका पालिकाले कार्य पालिका सदस्य चयन गरिरहेका छन । एकल बहुमत भएका पालिकामा धमाधम र अल्पमतमा रहेका पालिकामा गठबन्धन गरेर कार्यपालिका सदस्य चयन भईरहेका छन । बेलडाँडी गाँउपालिकाले समेत रिक्त कार्यपालिका सदस्य निर्वाचन प्रकृयाबाट चयन गरेको छ । अल्पसंख्यक मध्ये बेलडाँडीमा चिनपरिचित समाजसेवी व्यवसायी चेतराम मालीपनि कार्य पालिका सदस्यमा निर्वाचित भएका छन ।

झण्डै तीन दशकदेखि काँग्रेस राजनीतिमा सकृय रहेका माली एक इमान्दार सफल व्यवसायीका प्रतिबम्ब हुन । पञ्चायतकालमा शिक्षक समेत रहेका मालीले शिक्षण पेशा छाडेर व्यवसायमा जुटेका थिए । ०३५देखि ०४८सालसम्म मालीले सिहपाल विद्यालयमा पढाएका थिए । ‘मैले शिक्षण पनि गरे, ‘मालीले भने, ‘निजी अस्थायीमा परे, त्यसपछि दरबन्दी आयो म हट्नुप¥यो, हटे, पछि पनि विद्यालयलाई सहयोग गरिराखे ।’ कार्यपालिका सदस्यमा निर्वाचित भएसंगै मालीले ऐन कानुन अनुरुप बेलडाँडीका जनता हितमा काम गर्ने प्रण गरेका छन । काँग्रेसले यतिबेला पुराना इमान्दार नेता कार्यकर्तालाई जिम्मेबारी दिएको भन्दै बेलडाँडीका काँग्रेस नेताहरु हर्षित भएका छन ।


ताजा समाचार

spot_img