दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का नवजनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का रहेको शान्ती नगर कृषि तथा हाट बजार व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरि वडाकै नवजनप्रतिनिधीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको शान्ती नगर कृषि तथा हाट बजार व्यवस्थापन समितिका सचिव अनिल कुमार थापाले जनाएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का नवनिर्वाचित वडाध्यक्ष ओंम बस्नेत, वडा सदस्यहरु गणेश थापा, सपना राना, चाँदनी सुनार लगाएत नेकपा एमालेका नेता चन्द्र सिंह धामी, शान्ती नगर कृषि तथा हाट बजार व्यवस्थापन समितिका संयोजक भिम मानन्धर लगाएत समितिका पदाधिकारीको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई शान्ती नगर कृषि तथा हाट बजार व्यवस्थापन समितिका पदाधिकारीहरुले खादा ओढाएर सम्मान गरिएको बताईएको छ् । कार्यक्रममा शान्ती नगर कृषि तथा हाट बजार व्यवस्थापन समिति अवस्था तथा भवनको पुन ः निमार्ण तथा मर्मतको बारेमा जनप्रतिनिधीहरुलाई जानकारी गराईएको शान्ती नगर कृषि तथा हाट बजार व्यवस्थापन समितिका सचिव अनिल कुमार थापाले बताएका छन् । वडाध्यक्ष शान्ती नगर कृषि तथा हाट बजार व्यवस्थापन समितिलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको बताईएको छ् । उनले शान्ती नगर कृषि तथा हाट बजारलाई आर्थिक अवस्था उकास्न वडाबाट हुने सक्ने सहयोग समेत बताएका छन् ।







