भारतले खाद्यान्न निर्यातमा लगाएको रोक नेपालको लागि सकारात्मक पक्ष : प्रचण्ड


धिरेन्द्र भट्ट/कंचनपुर : माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले खाद्यान्न निर्यातमा लागाएको रोक नेपालका लागि सकारात्मक पक्ष रहेको बताएका छन। सनिवार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यसो भनेका हुन।

‘भारतले खाद्यान्न निर्यातमा लगाएको रोक हेर्दा त नकारात्मक कुरा देखिन्छ तर त्यसले हामी सबैलाई खाद्यान्नमा आत्मनिर्भर हुनको निम्ति के के मेहनत गर्नुपर्ने हो के के नीति बनाउनुपर्ने हो त्यता तिर पनि उत्प्रेरित गर्छ’ उनले भने, ‘कहिलेकाही सजिलै बस्तु प्राप्त हुँदा मानिसहरूले आफ्नो कर्यब्री पथ बाट बिचलित हुने खतरा हुन्छ।’ प्रचण्डले थपे, ‘हामी आफैले सचेत रुपमा कयौं बस्तुहरुको आयतमा कटौती र कन्ट्रोल गर्ने, देश भित्र पैदा भएका र पैदा हुनसक्ने सामानहरुको प्रयोगलाई प्राथमिकताका साथ जोड दिएर लैजाने र केहिबर्ष भित्र हामि खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौ।’

उनले नेपालले शिक्षा, संचार, भौतिक पुर्वाधार, बिज्ञानको क्षेत्रमा स्तर सुधार गरेको तर हाम्रो अर्थतन्त्रको स्थिति अपेक्षित सुधार नभएको समेत उल्लेख गरे। उनले बिगतको कुरा सदनमा स्मरण गराउदै भन्नू भयो, ‘५० बर्ष पहिले नेपाल खाद्यान्नमा आत्मनिर्भर थियौ, बरु नेपालले खाद्यान्नमा धान, अन्य अन्न बालिहरु निर्यात गर्थ्यौ। तर अहिले के कारणले परनिर्भर भयौ किन हामिले अरबौको अन्न निर्यात गर्नुपरेको छ एकचोटि गम्भीर रुपले समिक्षा गर्न जरुरी छ।’


Loading Viewer...

ताजा समाचार

spot_img