कञ्चनपुर : कञ्चनपुरका महिला अधिकारकर्मीले भीमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारको शिकार बनेकी ११ बर्षिया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गरिदिन माग अघि सारेका छन । अधिकारकर्मीले बिहीबार भीमदत्त नगरका प्रमुख पदम बोगटी र उप प्रमुख निलम लेखक जोशीलाई ज्ञापन पत्र बुझाउँदै बलात्कारको शिकार बनेकी ११ बर्षिया बालिकाको उपचारदेखि भरणपोषणको व्यवस्था गरिदिन माग अघि सारेका हुन ।

महिला अधिकारकर्मी माया नेगीले बालिकामाथि करणी गर्न खोज्ने व्यक्तिले आत्महत्या गरेको अवस्थामा बालिकाको न्यायका लागि सरकारी निकाय गम्भिर हुनुपर्ने माग अघि सारेर स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको बताईन । उनका अनुसार पीडित बालिकाको तत्तकाल स्वास्थ्य उपचार, सुरक्षा व्यवस्थापन गर्नुपर्ने, जिवन सुरक्षाका लागि निःशुल्क उच्च शिक्षा, भरणपोषण गर्नुपर्ने, समाजिक सुरक्षाको माग अघि सारिएको छ । पीडितको गोपनियता भङ हुने गतिबिधी भईरहेको भन्दै त्यस्ता कार्य रोक्न समेत माग अघि सारेको छ ।

ज्ञापन पत्र बुझ्दै मेयर बोगटी र उप मेयर निमल लेखकले पीडित बालिकाको न्यायका लागि आफ्नो तर्फबाट काम गर्ने प्रण गरेका छन । बलात्कारीले कतै निर्मलाको जस्तै बलात्कार गरेर हत्या गर्ने अवस्थाबाट स्थानीयले घटना थाहा पाएपछि बालिका मृत्युको मुखबाट बाचिन । भने करणी गर्न खोज्नेले आत्महत्या गरेका छन ।







