उल्टाखाम बलात्कार काण्ड : पीडित बालिका परिवारलाई क्षतिपूर्ति दिन माओवादी केन्द्रको माग


कञ्चनपुर : नेकपा माओवादी केन्द्रले यौनजन्य हिन्सामा परेकी भीमदत्त नगरपालिका २ उल्टाखामकी ११ बर्षिया बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको छ । माओवादी केन्द्र कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बलात्कारको शिकारमा परेकी उल्टाखामकी बालिकाको उपचार एव पीडित परिवारलाई क्षतिपूर्ति दिन माग अघि सारेको हो । माओवादी केन्द्रले बालिकामाथि भएको यौन हिंसाको घटनाले स्तब्ध र पाशविक घटनाको घोर निन्दा तथा भत्र्सना गरिएको छ ।

‘लोकतान्त्रिक गणतन्त्र स्थापनापछि दोश्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएर देशलाई सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढाउने संकल्प राजनीतिक दलहरुले लिइरहेको बेला घटेको यो घटनाले हामीले निकै चिन्तित तुल्याएको छ, ‘विज्ञप्तीमा भनिएको छ, ‘यसबाट राजनीतिक प्रणाली परिवर्तन भएपनि यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको र अझै पनि महिला, बालबालिका तथा कमजोर वर्गको सामाजिक सुरक्षाको अवस्था जटिल रहेको देखाएको छ ।’ समाजका आर्थिक तथा सामाजिकरुपमा कमजोर वर्गमाथि हिंसाले निरन्तरता पाइरहेको तथ्यप्रति राज्य संवेदनशील हुन नसकेको समेत यसले प्रष्ट पारेको माओवादीको तर्फ छ ।

माओवादी केन्द्रले संघीय सरकारदेखि प्रदेश र स्थानीय तहका सरकारलाई महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा, दुव्र्यवहार तथा विभेदविरुद्ध सामाजिक अभियानको सुरुवात गर्न समेत सुझाव दिएको छ । सामाजिक सुरक्षालाई प्राथमिकताका साथ अभियानकै रुपमा कार्यक्रममा समावेश गर्न तथा हरेक वडामा महिला तथा बालबालिका हिंसाविरोधी सेलको गठन गरी पीडितलाई न्याय दिने प्रणालीको विकास गर्न माग गरेको छ ।


ताजा समाचार

spot_img