शुक्लाफाँटा १२ मा समाजवादीका राना निर्वाचित


कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नवल सिह राना निर्वाचित भएका छन । आइतबार सम्पन्न मत गणना अनुसार शुक्लाफाँटा १२को वडाध्यक्षमा समाजवादीका नेता समेत रहेका राना वडाध्यक्षमा निर्वाचित भएका हुन ।

रानाले एमाले,राप्रपाका उम्मेदवार भन्दा दोब्बर र काँग्रेसका उम्मेदवार भन्दा बढि मत ल्याएर निर्वाचित भएका छन । एमालेका उम्मेदवार कमान सिह ऐरी भन्दा ३४५, राप्रपाका नरेन्द्र बोहरा भन्दा २९६ र काँग्रेसका धौलसिह महरा भन्दा १३३ मतले वडाध्यक्षमा निर्वाचित भएका छन ।

यस अघि समाजवादीले बेदकोट ८, पुनर्वास ३मा समेत वडाध्यक्ष जितेकोछ । समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका रानाले वडाको विकास निर्माण र जनतालाई गुणस्तरिय सेवा दिने प्रतिबद्धता जाहेर गरेका छन ।


ताजा समाचार

spot_img