कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका ९मा नेकपा माओवादी केन्द्रको प्यानलै निर्वाचित भएको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादी केन्द्रको पुरै प्यानल निर्वाचित भएको हो । माओवादी केन्द्रका नर बहादुर विकले एमाले उम्मेदवार दल ब. घर्तीलाई २८७मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।

विकले १ हजार ६० र घर्तीले ७७३ र काँग्रेसका उम्मेवार मान ब. धामीले ५३०मत ल्याएका छन । सदस्यहरुतर्फ पनि माओवादी केन्द्रकै निर्वाचित भएका छन । राजन बहादुर सुनार, राम बहादुर खाती, मणिनाथ बोगटी र मनमाया विश्वकर्मा निर्वाचित भएका छन । यस अघि पनि यो वडामा माओवादी केन्द्र निर्वाचित भएको थियो । अहिले पनि माओवादी केन्द्र निर्वाचित भएको छ ।

वडामा माओवादीको संगठन बलियो र उम्मेदवार लोकप्रिय भएकै कारण लगातार लगातार दुवै पटक जुन उम्मेदवार अघि सार्दा पनि निर्वाचित भईरहेका छन । वडाध्यक्षमा निर्वाचित माओवादी नेता नर बहादुर विकले वडाको विकासका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।







