धिरेन्द्र भट्ट/कंचनपुर : कंचनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ। कांग्रेसका तर्फबाट नगर प्रमुख पदमा हेमराज ओझा र उप-प्रमुखमा द्रोपती राना निर्वाचित भएका छन। ओझाले प्रमुखमा १० हजार ३३४ मत प्राप्त गरि बिजय भएका हुन।

उनका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र) का जोगराम चौधरी ८ हजार ३०० मत लिएर दोश्रो स्थानमा सिमित भए भने नेकपा एमालेका लोकेन्द्र पन्त ६ हजार ४ सय ४७४ मत प्राप्त गरेका छन। ओझा ०७४ को निर्वाचनमा एमालेका कर्णबहादुर हमाल सङ्ग पराजित भएका थिए। उपप्रमुखतर्फ कांग्रेसकै ९ हजार ६७५ मत प्राप्त गरि बिजयी भएकी छन। उनका निकटतम प्रतिद्वन्द्वी (माओवादी केन्द्र) का गिता मल्लले ८ हजार ८५१ मतमा सिमित रहिन भने एमालेकि रमिता रानाले ७ हजार ३१६ मत प्राप्त गरेकी छन।







