कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ८ मा नेपाली काँग्रेसका उम्मेदवार मदनराज मिश्र निर्वाचित भएका छन । मिश्रले एमालेका ध्वज ब. विष्टलाई २८६ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन । नेवि संघका नेता समेत रहेका काँग्रेसका उम्मेदवार मिश्र १ हजार २५ र एमाले उम्मेदवार ७३९ मत ल्याएका थिए ।

यस अघि एमाले उम्मेदवार मिश्र वडाध्यक्षमा निर्वाचित भएका थिए । एमाले गढ भत्काउँदै मिश्र वडाध्यक्षमा निर्वाचित भएका हुन । सम्भवत मिश्र कञ्चनपुरका सबैभन्दा कान्छा वडाध्यक्षमा निर्वाचित उम्मेदवार भएको अनुमान गरिएको छ । मिश्रले वडालाई नमुना वडा बनाउने योजना अघि सारेका छन ।







