एमालेको पकडमा रेनुलाई ५ हजार १६७ मतसहित अग्रस्थानमा


चितवन : भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल पाँच हजार एक सय ६७ मतान्तरले अगाडि छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ६० हजार सात सय ७५ मत गणना गर्दा दाहालको २७ हजार पाँच सय २३ मत आएको छ ।

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीको २२ हजार तीन सय ६० मत आएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको नौ हजार ६ सय दुई मत आएको छ । उपमेमयरमा गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी २९ हजार ६ सय ७५ मतसहित अग्रस्थानमा छन् ।


ताजा समाचार

spot_img