दोधारा चाँदनीमा एमालेको २०, काग्रेंसको २२, राप्रपाको ९ र माओबादीको १ बिजय


दोधारा । सत्तारुढ नेपाली कांग्रेसले दोधारा चाँदनी नगरपालिकामा उपमेयर र एक वडा जितेर अघिल्लो निर्वाचनमा पाएको जनमत गुमाएको छ् । अघिल्लो निर्वाचनमा कांग्रेसले मेयर सहित चार वडा जितेको थियो । यस पटक कांग्रेस उपमेयर र एक वडामा खुम्चिन पुगेको छ् । कांग्रेसले दोधारा चाँदनीमा मेयर, उपमेयर सहित धेरै जसो वडा जित्ने आंकलन गरेको थियो । त्यसका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश सहमहामन्त्री गोपादत्त भट्टलाई चुनावी मैदानमा उतारिएको थियो । लामो समय देखि राजनीतिक सक्रिय गोपाल भट्ट निर्वाचन क्षेत्रका सभापती भईसकेकाले उनी अघिल्लो निर्वाचनको जितलाई निरन्तरता दिन सक्ने कांग्रेसको आंकलन थियो । कांग्रेसको आंकलन विपरित नेकपा एमालेले अघिल्लो निर्वाचनको हारको बदलामा मेयर सहित बहुमत वडा जितेर कांग्रेसलाई पछाडि पारेका छन् । एमालेका किशोर कुमार लिम्बुले कांग्रेसका गपाल भट्टलाई फराकिलो मतअन्तरले पराजित गरी विजय भएका छन् । लिम्बुले ९३३ मतले भट्टलाई पराजित गरेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका बीर बहादुर सुनार सित उनी पांच सयको हाराहारी मत अन्तरले पराजित भएका थिए । दोधारा चाँदनीमा पाँच वर्ष अघि कांग्रेसका मेयर र एमालेका उप मेयर निर्वाचित भएका थिए । उनीहरु दुबै साविक चाँदनी गाविसका हुन् । अहिले पाँच वर्षपछि स्थानीय तह निर्वाचनमा साबिक दोधाराका मेयर र उप मेयरमा निर्वाचित भएका छन् । एमालेका लिम्बु वडा नं. ७ र कांग्रेसकी गंगा जोशी १० नम्बरका हुन् । लिम्बु र जोशी दुबै अघिल्लो निर्वाचनमा पराजित भएका थिए । मेयरमा लिम्बुले ७ हजार १०४ र भट्टले ६ हजार १७१ मत ल्याएका छन् । उप प्रमुखमा भने कांग्रेसकी गंगा जोशीले ६ हजार ३ सय ६५ मत ल्याएका छन् । जोशीले एमालेका खिमा चन्दलाई हराएकी छन् । उनले चन्दलाई ५४३ मतले हराएकी छन् । ५ हजार ८२२ मत ल्याएका छन् । चन्द शिक्षण पेशा छाडेर उपमेयरमा चुनाव लडेका हुन् । एमालेका निर्वाचित मेयर लिम्बुको टिकट पनि विवादमा थियो । कांग्रेसले उप मेयर सहित वडा नं. १० मा प्यानल सहित जितेको छ् । एमालेले अघिल्लो निर्वाचन जितेको यस वडामा कांग्रेसले जितेको हो । कांग्रेसका चन्द्र बहादुर सिहले ९०९ मत ल्याएर जित्दा एमालेका गंगाराम खड्काले ६७१ मत ल्याएका छन् । दोधारा चाँदनी १० बाट कांग्रेस आएपछि एमालेले चुनाव जित्न नसकिने चिन्ता बढेको थियो । २०७४ को निर्वाचनमा एमालेले दोधारा चाँदनी नगरपालिकाका साविक दोधाराका वडा नं. ७, ८, ९ र १० जितेको थियो । कांग्रेसका सिंहले जितेपछि अघिल्लो निर्वाचन जितेका वडा जोगाउन नसकिने एमालेमा त्रास देखिएको थियो । दोधारा चाँदनीमा कांग्रेसको जितमा एमाले। स्वतन्त्र समुह र राष्ट्रिय प्रजातन्त्र पार्टी दुबै अवरोध देखिएका छन् । राप्रपाले कांग्रेसले जितेका दुई वडा खोसेर आफूले जितेको छ । एमालेले पनि कांग्रेसले जितेका केही वडामा खोसेको छ् । दोधारा चाँदनी नगरपालिका १ मा राप्रपाका बिक्रम बहादुर चन्द वडा अध्यक्ष भएका छन् । अघिल्लो निर्वाचनमा १४ मत अन्तरले कांग्रेसका अर्जुन भट्ट सित पराजित उनी यस पटक फराकिलो मत अन्तरले निर्वाचित भएका छन् । अध्यक्षमा चन्दले ८०६ मत ल्याएका छन् । कांग्रेसका कुम्भ गिरी ५०५ मत ल्याएर दोस्रो र एमालेका गोविन्द सिह धानुक ४१२ मत ल्याएर तेस्रो भएका छन् । २०७४ मा धानुक वडा सदस्यमा निर्वाचित भएका थिए । दोधारा चाँदनी नगरपालिका ४ मा नेकपा माओवादी केन्द्रका भक्त बहादुर सुनार दोहोरिएका छन् । माओवादी केन्द्रका नेता भीम कुमालले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लड्दा पनि उनी दोहोरिएका छन् । सुनारले कांग्रेस लोक बहादुर चन्दलाई ४४ मतको अन्तरले हराउदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । सुनारले ७८४ र चन्दले ७४० मत ल्याएका छन् । दोधारा चाँदनीको वडा नं. २ र ३ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. २ मा एमालेका पदम रावल र ३ मा हरि सिह धनाडी अध्यक्ष भएका छन् । धनाडी एमालेका नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी १२ मत अन्तरले वडा अध्यक्षमा हारेका थिए । ती दुबै वडा कांग्रेसले जितेको थियो । दोधारा चाँदनी नगरपालिका ६ मा एमालेका नगर उपाध्यक्ष ओम वस्नते निर्वाचित भएका छन् । २०७४ मा झिनो मत अन्तरले पराजित भएका उनी यस पटक पुरानै प्रतिस्पर्धीलाई पराजित गरी निर्वाचित भएका छन् । बस्नेतले ८७४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका दिल बहादुर सिजाली ७४१ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा सिजाली संग वस्नेत हारेका थिए । दोधारा चाँदनीका ७, ८ र ९ मा एमालेले अघिल्लो निर्वाचनको जितलाई निरन्तरता दिएको छ । त्यसमध्ये ७ र ८ मा अघिल्लो निर्वाचन जितेका वडा अध्यक्ष फेरि दोहोरिएका छन् । वडा नं. ९ मा भने एमालेले गएको निर्वाचनमा वडा सदस्य पदमा जितेका गोपीलाल कडेंलाई वडाध्यक्षमा बिजय बनाएको हो । दोधारा चाँदनी ७ मा ज्ञानेन्द्र बहेक, ८ मा ओम प्रकाश रोकाया र ९ मा गोपी काडेल निर्वाचित भएका छन् । दोधारा चाँदनी १० भने कांग्रेसको पुरै प्यानल बिजय भएका छ् । अघिल्लो निर्वाचनमा यस वडाबाट एमालेका नर बहादुर सुनार निर्वाचित भएका हुन् । दोधारा चाँदनी ७ मा बहेकले ७६९ मत ल्याएर अध्यक्ष जितेका छन् । कांग्रेसका सुशिल रानामगरले ७४८ मत ल्याएर बहेकलाई टक्कर दिएका थिए । दोधारा चाँदनी ५ मा राप्रपाका केशव बहादुर खत्री ४९८ मत ल्याएर निर्वाचित भएका छन् । कांग्रेसका नरेन्द्र सिह भण्डारी ३८० र एमालेका मोहन बहादुर चन्दले २७२ मत ल्याएका छन् । भण्डारी अघिल्लो निर्वाचनमा सदस्यमा निर्वाचित भएका थिए । यस्तै उम्मेदवारी दर्तापछि कांग्रेस भित्र वडा नं. २ मा सबै भन्दा ठूलो विवाद आएको थियो । काग्रेस कार्यकर्ताले सदस्यताबाट राजीनामा र पार्टी सम्पर्क कार्यालयमा तालाबन्दी सम्म गरेका थिए । अध्यक्षमा धनसरा चन्दलाई टिकट दिएपछि कार्यकर्ता असन्तुष्ट भएका थिए । चुनावमा चन्द बाहेक अन्य सबै वडा सदस्य भने कांग्रेसका जितेका छन् । चन्दले ५४० मत पाएर पराजय व्यहोरेका छन् । एमालेका पदम रावल ६४१ मत ल्याएर विजयी भएका छन् । दोधारा चाँदनीमा मेयरका लागि कांग्रेसका महाधिवेशन जिल्ला सह सचिव देखि महाधिवेशन प्रतिनिधी सम्म आकांक्षी देखिएका थिए । २०७४ को निर्वाचनमा प्रदेश सांसदबाट पराजित भएका बेल बहादुर राना र कांग्रेस सहसचिव नाफ सिह साँउद अन्तिम सम्म टिकटको लागी दाबी राख्दै आएका थिए । कांग्रेस प्रदेश समितिले प्रदेश सहमहामन्त्री गोपाल भट्टलाई टिकट दिएको थियो । भट्ट कांग्रेस नेता रमेश लेखकका विश्वासिला मानिन्छन् । अघिल्लो निर्वाचनमा मेयर सहित बहुमत वडा जितेको कांग्रेस यस पटक उपमेयर र एक वडामा मात्रै खुम्चिएको छ । नेपाली काग्रेंसले दोधारा चाँदनीमा उपमेयर, एक वडाध्यक्ष गरि २२ सिटमा समिति रहेको छ् । कांग्रेसले उपमेयर र वडा नं. १० मात्रै जितेको छ् । दोधारा चाँदनीमा वडा नं. १ र ५ मा राप्रपा, वडा नं. २, ३, ६, ७, ८ र ९ वडा गरि ६ वटा वडामा एमालेले वडाध्यक्षमा जितेको छ् । यस्तै वडा नं. ४ मा नेकपा माओबादी केन्द्रका भक्त बहादुर सुनार वडाध्यक्षमा बिजय भएका छन् भने वडा नं. १० मा नेपाली काग्रेंसले वडाध्यक्ष सहित प्यानलनै बिजय भएका हुन् । यस अघि एमालेले उपमेयर सहित ४ वडा मात्रै जितेको थियो ।


ताजा समाचार

spot_img