दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ मा एमालेका तर्फ देखि उम्मेदवारी पाएका हरि सिंह धनाडी वडाध्यक्ष पदमा बिजय भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बाट वडाध्यक्ष पदका उम्मेदवार हरि सिंह धनाडी ६सय ७ मत प्राप्त गरेर बिजय भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काग्रेंसका उम्मेदवारले ४६३ मत पाएका थिए । वडा नं. ३ मा यस पटक भने नेकपा एमालेको पुरै प्यानल बिजय भएका छन् । गएको स्थानिय निर्वाचनमा नेपाली काग्रेंसको पुरै प्यानल बिजय भएका थिए ।








