दोधारा चाँदनी–४ मा दोहरिए माओवादीका सुनार


दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा पुन नेकपा माओवादी केन्द्रका झक्त बहादुर सुनार निर्वाचित भएका छन् । निर्वाचन कार्यालय दोधारा चाँदनीको तथ्यांक अनुसार वडाध्यक्षमा पुन माओवादीकै उम्मेदवार सुनार निर्वाचित भएका छन् । सुनारले काँग्रेस लोक बहादुर चन्दलाई ४४ मतको अन्तरले हराउदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । सुनारले ७८४ र चन्दले ७४० मत ल्याएका थिए । सुनारको लोकप्रियता एव जनप्रिय काम गरेकै कारण पुन वडाध्यक्षमा निर्वाचित भएको स्थानीयले बताएका छन ।


ताजा समाचार

spot_img