दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेका किशोर कुमार लिम्बुको अग्रता रहेको छ् । १२१५५ मतपरिणामको नतिजाले नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अग्रता दिलाएको छ् । उम्मेदवार लिम्बुले ४६८७ मत लिएर अग्रस्थानमा रहेका छन् भने, उनका प्रतिद्धन्द्धी नेपाली काग्रेंसका तर्फबाट मेयर पदका उम्मेदवार गोपाल दत्त भट्टले ४३४३ मत लिएका छन् । यस्तै स्वतन्त्र समुहका मेयर पदका उम्मेदवार भिम कुमालले १०९९ मत लिएका छन् । राप्रपाका उम्मेदवार भगिरथ भट्टले ४५३ र नेकपा माओबादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका निरु कामीले ३१८ मत पाएका छन् ।







