दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा एमालेका तर्फ देखि उम्मेदवारी पाएका गोपिल लाल कडेंल वडाध्यक्ष पदमा बिजय भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ बाट वडाध्यक्ष पदमा गोपीलाल कडेंलले ६८८ पाएर बिजय भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काग्रेंसका उम्मेदवारले ६२८ मत पाएका थिए । दोधारा चाँदनी नगरपालिकामा अहिले सम्म वडा नं. २, ६ र ९ मा नेकपा एमाले तर्फबाट उम्मेदवारी पाएकाहरुले वडाध्यक्ष पदमा बिजय हासिल गरेका छन् ।








