दोधारा चाँदनी : प्रमुख र उप–प्रमुखमा कांग्रेसको अग्रता


दोधारा । दोधारा चाँदनीमा मेयर पदर उपमेयर पदमा नेपाली काग्रेंसको अग्रता कायमै रहेको छ् । ९ हजार ३ सय ८३ मतगणना सम्म नेपाली काग्रेसको मेर पदको उम्मेदवारले ३५९९ , उपमेयरले ३३६९ मत प्राप्त गरेका छन् । एमालेको मेयर पदका उम्मेदवारले ३५०७ र उपमेयरले २९६४ मत लिएका छन् । स्वतन्त्र समुहका मेयर पदका उम्मेदवारले ७९९ र उपमेयर पदका उम्मेदवारले ३८९ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर पदका उम्मेदवारले ६०३ र उपमेयरका उम्मेदवारले ५७३ मत पाएका छन् । माओबादी केन्द्रका मेयर पदका उम्मेदवारले १३८ र उपमेयर पदका उम्मेदवारले १२३३ मत प्राप्त गरेका छन् । नेमकिपाको मेयर पदको उम्मेदवारले ४० मत र उमेयरले १३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनीमा ४ वटा वडाको मतगणना सम्पन्न भएको छ् । वडा नं. १, ५, ६ र १० मा मतगणना सम्पन्न भएको छ् । सामाचार तयारपारुञ्जेल वडा नं. ४, ७ र ९ वडाको मतगणना जारी रहेको छ् । (फाईल फोटो)


ताजा समाचार

spot_img