एमाले गढ बेलौरी ८ मा माओवादीका राना फराकिलो मतले निर्वाचित


कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका ८मा फेरी माओवादी केन्द्रले जित हासिल गरेको छ । एमाले गढकै रुपमा रहेको बेलौरी ८ मा माओवादी केन्द्रले फराकिलो मतले जितेको छ । उक्त वडामा रानाको प्यानलै निर्वाचित भएको छ । माओवादीका बिश्राम रानाले एमालेका गजेन्द्र चन्दलाई ५३८मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । रानाले १ हजार ३४० र चन्दले ८०२मत ल्याएका थिए ।

यस्तै काँग्रेसका मदन सिह ऐरीले ३११ मत ल्याएका थिए । यो वडासंगै माओवादीले बेलौरीमा १, ८, १० गरी ३ वडा जितेको छ । एमालेले २, ३ गरी २ र काँग्रेसले ९ गरी १ वडा जितेको छ । अहिले ४ नम्बर वडाको मत गणना भईरहेको छ । बाँकी ५, ६ र ७ वडा रहेका छन । मेयरमा माओवादी पोतिलाल चौधरीले ५ हजार ५८२, एमालेका कमला बोहराले ४ हजार ३३७ र काँग्रेसका हरेन्द्र विष्टले ३ हजार १सय ३१ मत ल्याएका छन । मत गणना जारी छ ।


ताजा समाचार

spot_img