दोधारा चाँदनीकै कान्छो जनप्रतिनिधी बने मनोज भण्डारी


दोधारा । दोधारा चाँदनीका सबै भन्दा कान्छा जनप्रतिनिधी बनेका मनोज सिंह भण्डारी । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ बाट राप्रपाको उम्मेदवार मनोज सिंह भण्डारी वर्ष २२ का वडा सदस्य पदमा बजी मारेपछि नगरपालिकाकै सबै भन्दा कान्छा जनप्रतिनिधी बनेका छन् । उनले ४ सय ६२ मत पाएर बिजय भएका छन् । खुला तर्फ दोस्रोमा लडेका भण्डारी काग्रेंसका आफ्ना प्रतिद्धन्द्धीलाई ८८ मत पछाडी छाड्दै बिजय हासिल गरेका छन् । १७ सय ३१ मतदाता रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा कुल मत गणना १२ सय ३४ भएको थियो भने, १२ सय २७ मत बदर भएको थियो । वडामा राप्रपाको पुरै टिम बिजय भएको थियो ।

 


ताजा समाचार

spot_img