धिरेन्द्र भट्ट/कंचनपुर : डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका केसब अवस्थिलाई ६८ मत अन्तरले पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार लालबहादुर धामी बिजयी भएका छन। उनले ५०७ मत लिएका थिए भने एमालेका अवस्थिले ४३९ मत ल्याउदै पराजित बने, यस्तै कांग्रेसका का कृष्ण बिस्ट ले ३०७ मात्र ल्याएका छ।

वडा सदस्यहरुमा पनि माओवादी केन्द्रका सदस्यहरु प्यानल सहित बिजयी भएका छन। पालिका प्रमुखमा माओवादी केन्द्रका सेर सिंह माल ५२८ र उप-प्रमुखमा बिमला महता ५२८ मत सहित अग्रता बनाइरहेका छ भने कांग्रेसका भरत बडायर ४५२ र उप-प्रमुखमा कलावती बोहरा ३६७ मत सहित दोश्रो र एमालेका प्रमुखमा केसब बोहरा २६७ र उप-प्रमुखमा ३३२ मत सहित तेश्रो स्थानमा छ।







