दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सम्पुर्ण सेवा बन्द गरि स्वास्थ्यकर्मी र कर्मचारीहरुमा निर्वाचनमा होमिएका छन् । भोली हुने स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरु निर्वाचनमा खटाईएको भन्दै प्राथमिक स्वास्थ्य केन्द्रको सबै सेवा बन्द गरि गेडमा ताला लगाईएको छ् । प्राथमिक स्वास्थ्य केन्द्रमा सबै सेवाहरु बन्द गरेपछि बिरामीहरुलाई सास्ती भएको बताएका छन् । ‘उपरोक्त बिषय सम्बन्धमा यस प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा कार्यरत कर्मचारीहरु निर्वाचनमा खटाईएकोले मिति २०७९/०१/२८ गते देखि २०७९/०१/३० गतेका दिन तिन दिनको लागी यस प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने सम्पुर्ण सेवाहरु बन्द गरिएको ब्यहोरा सम्बन्धीत सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ् । साथै यसबाट सेवाग्राहीमा पर्न जाने असुबिद्यालाई क्षमा प्रार्थी छौं ।’ प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका डाक्टर तथा मेडिकल अधिकृत मो. आशिक मंसुरको नाउबाट प्रकाशित सुचनामा भनिएको छ् ।








