दोधारा । दोधारा चाँदनी नगरपालिकामा आसन्न निर्वाचनमा नयाँ ‘ट्वीस्ट’ आएको छ् । मेयर पदमा ठुला दलका उम्मेदवारलाई कडा टक्कर दिदै छन्, स्वतन्त्र समुहका उम्मेदवार भिम कुमालले । दोधारा चाँदनी नगरपालिकामा पाका राजनीतिज्ञ भिम कुमालको ‘इन्ट्री’ ले झस्किएका छन् । छोटो समयममा राजनितिक जिवन याक्रा सुरु गरेका सामाजिक कार्यमा सत्रिय रहेका मेयर पदका उम्मेदवार कुमाल सामाजिक कार्यमा लोकप्रिय छन् । त्यसैले पनि उनी नेपाली काग्रेंस, नेकपा एमाले लगाएत दलका असन्तुष्ट मत थपेर पल्ला भारी बनाउने दाउमा छन् उनका स्वतन्त्र समुह । किनभने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र भित्र असन्तुष्ट जमात भएको उनले बिश्वास राखेका छन् । नेपाली काग्रेंसको तर्फ देखि गोपाल दत्त भट्ट, नेकपा एमालेबाट किशोर कुमार लिम्बु जस्ता दिग्गज र अनुभवी नेताहरुको यस पटक स्वतन्त्र समुहको मेयर पदका उम्मेदवार भिम कुमालले आमना सामना गर्नु पर्ने भएको छ् । नेकपा एमालेबाट मेयर पदमा किशोर कुमार लिम्बु, नेपाली काग्रेंसबाट गोपाल दत्त भट्ट, नेकपा माओबादी केन्द्र निरु देबि कामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भगीरथ भट्ट, नेपाल मजदुर किसान पार्टीबाट मिनु गिरी, राष्ट्रिय जनमुक्ती पार्टीबाट फगुने राम दमाई, स्वतन्त्रका उम्मेदवारमा भिम कुमाल अहिले मतदाता संग भेट गर्न भ्याई नभ्याई छ् । ‘हामी मेयर, उपमेयर गरि सबै वडामा अध्यक्ष तथा सदस्य गरि ५२ जनाले उम्मेदवारी दिएका छौं । यसपटक दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहले ईतिहास रच्ने छ्’ स्वतन्त्र समुहका मेयर पदका उम्मेदवार भिम कुमालले भने । स्वतन्त्र उम्मेदवारहरु यतिबेला घरदैलोमा मतदाता संग भेट गरि स्वतन्त्रका सबै उम्मेदवारहरुलाई भोट दिन आग्रह गरेका छन् ।







