दोधारा चाँदनीमा निर्वाचन आचार संहिता उल्लंघन


दोधारा । दोधारा चाँदनी नगरपालिकामा राजनीतिक दलहरुले आचारसंहिताको उल्लंघन गरेका छन्क । निर्वाचन अयोगले जारी गरेको निर्वाचन आचार संहितालाई उल्लंघन गर्दै बजार क्षेत्रनै कुरुप देखिने गरी दलहरुले चुनावी प्रचार सामाग्रीको प्रयोग गरेका हुन् । नगरपालिका क्षेत्रमा रहेका प्रमुख तथा साना राजनीतिक दलहरुले निर्वाचन आचार संहिताको उल्लंघन गर्दै बजार क्षेत्र तथा चोक गल्लीमा रंगीन हुने गरी पार्टीका झण्डा तथा ब्यानरहरु बाक्लो मात्रामा झुण्ड्याएका छन् । दोधारा चाँदनीको घर, होटल तथा पसल ब्यवसायमा पार्टीको चिन्ह अंकित झण्डा राखिएका छन् । बजार क्षेत्रका कतिपय दुरसंचार तथा बिद्युतीय पोलहरुमा समेत पार्टी तथा उम्मेदवारका तस्बीर अंतिक झण्डाहरु राखिएको छ् । दोधारा चाँदनी नगरपालिकाका प्राय सबै जसो स्थानहरुमा समेत आचार संहिता उल्लंघन हुने गरी पार्टीको चिन्ह अंकित झण्डा राखिएको छ् । तर निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यलयले भने उक्त बिषयमा खासै ध्यान दिएको छ्रैन् । केही दिन अघि मात्रै सर्वदलिय तथा सर्वपक्षिय बैठकमा सबै दलहरुले आफ्नो आफ्नो बजार लगाएत क्षेत्रमा प्रचार प्रसार सामग्री हटाउन निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको थियो । तर हाल सम्म कसै राजनितिक दलहरुले आफ्नो प्रचार प्रसार सामग्री हटाएका भने देखिददैन् । कतिपय राजनीतिक दलहरुले चुनावी प्रचार प्रसारका लागि बालवालिकाको समेत प्रयोग गरेको पाईएको छ् । राजनीतिक दल तथा दलका उम्मेदवारहरुले प्रचार सामाग्रीको प्रयोग गर्दै श्रव्य सामग्री बजाउने तथा श्रव्य दृश्य सामग्री प्रदर्शन गरे त्यो आचार संहिता बिपरित हुने कानुनी ब्यवस्था भएपनि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा उक्त नियम लागु भएको देखिदैन् । आचार संहितको पालना भए नभएको बिषयमा अनुगमन गर्ने संयन्त्र भएपनि त्यस्ता संयन्त्र निष्कृय रुपमा देखिएको छ् ।


ताजा समाचार

spot_img