पहिलाद राना / कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीककृत समाजवादी पार्टीले भीमदत्त १३ मा बाम गठबन्धन गरेका छन । बाम गठबन्धन भीमदत्तका तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार भवानी दत्त पन्त सहितका उम्मेदवार नेता कार्यकर्ता चुनावी प्रचारप्रसार तिव्र पारेका हुन ।

भीमदत्त नगरपालिका वडा नं. १३ अध्यक्ष पदका उम्मेदवार पन्तले कृषि क्षेत्रमा आफूले लामो समयदेखि काम गरेको कृषि सम्बन्धी आफूलाई अनुभव भएको हुँदा वडावासीलाई कृषि आत्मानिर्भर बनाउने बताए । पन्तले किसानलाई कृषिमा प्रयोग गरिने मलखाद, सिँचाई लगायत आधुनिक कृषि उपकरण अनुदानमा दिने बताए । यस क्षेत्रमा बर्षेनी बढी, डुबान र कटानको समस्या रहेको छ यसलाई गुरुयोजना बनाएर नियन्त्रण र समाधानका लागि पहल गर्ने ।

भीमदत्तद्वारा निर्माण गरिएका सडकहरु मापदण्ड अनुसार निर्माण नभएको त्यसका लागि आफूले मापदण्ड अनुसार बनाउन पहल गर्ने । अध्यक्ष पदका उम्मेदवारले भने हामी चुनावी एजेण्डा लिएर टोलटोल घर–घरमा पुगिरहेका छौं । वडाको सम्बृद्धिका लागि काम गर्ने प्रण गर्दै चुनावी अभियानमा जुटेका छन् ।







