एमालेका उम्मेदवार जिताउन अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष रोकायाको काँधमा जिम्मेबारी


कञ्चनपुर : कञ्चनपुरमा नेकपा एमालेका उम्मेदवार जिताउनका लागि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तीन हजार एक सदस्यीय स्वयमसेवक परिचालन गर्ने भएको छ । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाको संयोजकत्वमा ३ हजार १ सदस्यीय स्वयमसेवक परिचालन गरिने भएको हो ।

सह संयोजकमा दिनेश विष्टलाई जिम्मेबारी दिईएको छ । यस्तै पालिकामा समेत जिम्मेबारी दिईएको छ । बेलडाँडीमा नरेन्द्र विष्ट, सन्तोष राना क्षेत्री, बेलौरीमा शिशिर चापागाई, रोहित बडुवाल, लालझाडीमा मान ब। रोकाया, लालझाडीमा राम आश्रय राना, रुक्मा राना, कृष्णपुरमा विकासजंग कुँवर, दिपक कुँवर, शुक्लाफाँटामा राजेन्द्र शाही, धिरज साउद, बेदकोटमा बिरेन्द्र महरा, बिरेन्द्र बोहरा, भीमदत्तमा दिनेह विष्ट, धर्मराज जोशी, दोधाराचाँदनीमा चन्द्र प्रकास खत्री, बिरेन्द्र खडकालाई जिम्मेबारी दिईएको छ ।


ताजा समाचार

spot_img