माओवादीद्वारा यज्ञ कडेललाई कार्बाही

पाटी बिरोधी गतिबिधीमा सलग्न भई प्रतिगामी शक्तिको सहयोग गरेको भन्दै पाटीबाट निष्कासित


कञ्चनपुर : नेकपा माओवादी केन्द्र केन्द्रीय लेखापरीक्षण आयोगले कञ्चनपुरको बेलौरीमा माओवादी नेता यज्ञ कडेललाई कार्बाही गरेको छ । माओवादीको केन्द्रीय लेखा परीक्षण आयोगले कडेललाई कार्बाही गरेको हो । कडेले पाटी बिरोधी गतिबिधीमा संलग्न भई प्रतिगामी शक्तिको सहयोग र सर्मथनमा लागेको प्रमाण फेला परेकाले केन्द्रीय लेखा परीक्षण आयोगको नियमावली ०७८ को नियम ४ उप नियम १(च) बमोजिम २१बैशाखदेखि लेखा परीक्षण आयोगको सदस्यबाट समेत निष्कासन गरेको छ ।

लेखा आयोगका सचिव टिएन आचार्य र अध्यक्ष पेशल कुमार खतिवडाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा पाटीका अन्य कुनै जिम्मेमा रहेको भए सबै जिम्मेबारीबाट मुक्त गरी निजको पाटी सदस्यमा समेत खारेजी गरी दिन हुन केन्द्रीय कार्यालयमा अनुरोध गरिएको छ । माओवादीबाट बेलौरी मेयरका लागि देखिएका कडेल टिकट नपाएपछि बिहीबार एमालेमा प्रवेस गर्दैछन । यस अघि ०७४मा भएको स्थानीय तह निर्वाचनमा तत्तकालिन एमाले नेता पल्लव भट्टलाई टिकट दिएको भन्दै असन्तुष्ट भएर माओवादी प्रवेस गरेका थिए ।अहिले माओवादीमा थारु नेतालाई नै टिकट दिएको भन्दै एमाले प्रवेसको तयारीमा लागेका छन ।


ताजा समाचार

spot_img