कञ्चनपुर : म्यादी प्रहरीको पोसाकमा भिडियो बनाउने एक युवक पक्राउ परेका छन। पछिल्लो २ दिन यता सामाजिक संजालमा एउटा भिडियोमा भाइरल भइरहेका उक्त युवकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। उक्त भिडियोमा युवकले स्थानीय निर्वाचनका लागि खटिएका म्यादी प्रहरीको पोसाकमा आफ्ना सागर, बसन्त, किस्ने नाम गरेका साथिलाई ‘तिमीहरुलाई जे मन लाग्छ त्यो गर तिमीहरु डराउनु पर्दैन तिम्रो दाई(आफू) मादी प्रहरी छ’ भनी अभद्र पुर्ण ब्यवहारमा देखा परेका थिए।

कपिलवस्तु प्रहरीको अनुसन्धान पछि उक्त युवक म्यादी प्रहरी नभएको र सुनिल नाम भएको उक्त युवकको साथीको म्यादी प्रहरीको पोसाक लगाएर वास्तविक म्यादी (मेडी) प्रहरी भएको भन्दै भिडियो भाइरल बनाउने एक युवकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । उनको वास्तविक नाम नवराज रेग्मी र भिडियो बनाउने क्रममा उनले आफन्तको लुगा लगाएको पाइएको छ। उनको भिडियो भाइरल भएपछि प्रहरीले मंगलबार नै नियन्त्रणमा लिएको छ, म्यादी प्रहरी पोसाकमा कानुनको दुरुपयोग गर्दै अभद्र व्यवहार गरेको कसुरमा उनिमाथी मुद्दा चलाइने कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी बताएका छन ।







