अधुरा योजना पुरा गर्न फेरी मेरो उम्मेदवारी : बेदकोट ५ का वडाध्यक्षमा उम्मेदवार कुसल


कञ्चनपुर : आशन्न ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरको बेदकोट नगरपालिका ५ बाट वडाध्यक्षमा पुन गणेश विक ९कुसल० यात्रामा देखिएका छन ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा वडाध्यक्ष उम्मेदवारका रुपमा यस पटक फेरी कुुसल चुनावी मैदानमा उत्रिएका हुन ।यस अघि ०७४ सालमा सम्पन्न भएको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका कुसल यस पटक दुई पाटीले साझा उम्मेदवार बनाएका छन । झण्डै दुई दशक बढि समयदेखि राजनीति र समाजिक क्षेत्रमा काम गर्दै आएका कुसलले दोस्रो पटक वडाध्यक्षको यात्रा तय गरेका छन ।

०५६ साल जनयुद्धकालिन समयदेखि राजनीतिमा होमिएका कुसलले यस अघि वडाध्यक्ष हुँदा जनताको मनजित्ने काम र विकास गरेकाले पुन दोस्रो पटक वडाध्यक्षमा आएको छन । बाम प्रगतिशिल गठबन्धनका साझा वडाध्यक्षका उम्मेदवार गणेक विक९कुसल०ले विगतमा सम्पन्न गर्न बाँकी रहेका केही अधुरा योजना पुरा गर्नका लागि आफ्नो उम्मेदवारी परेको बताए । ‘विगत पहिलो कार्यकालमै थुप्रै काम भएका छन, ‘उनले भने, ‘यस पटकको कार्यकालमा पुरा गछौँ ।’ अधुरा योजनालाई पुर्णता दिन्छु, सामुदायिक विद्यालयको शैक्षिक स्तरबृद्धि गर्छु । स्वास्थ्य क्षेत्र, खानेपानीका योजना थप संचालन गर्छु ।

ग्रामिण भेगको पशुती सेवालाई थप प्रभावकारी बनाउँछु । प्राविधकि शिक्षा संचालन गर्छु । ‘हाम्रो वडालाई सिधै राष्ट्रिय राजमार्गसंग जोड्न खोलामा पुल निर्माण गछौँ, ‘उनले भने, ‘वडाका आन्तरिक गाँउ जोड्ने सडक सञ्जालले जोड्छौँ ।’ सहदी जयराज भट्ट कृषि सडक कालोपत्रे गर्ने, वडालाई उज्यालो बनाउने, बछेला, पुर्व झले खोला सहितका खोला नालाको कटानी रोक्न तटबन्ध निर्माण गर्छु । गाँउमा शुद्ध खानेपानीको विस्तार गर्छु । वडाको एकीकृत दिगो विकास र सम्बृद्धिका योजना संचालन गरेर नमुना वडा बनाउने आफ्नो सपना रहेकाले फेरी चुनावी मैदानमा उत्रिएर मतदातासंग मतमाग्दै हिडिरहेको उनले बताए ।


ताजा समाचार

spot_img