दोधारा । उमेरले ७३ वर्षका दोधारा चाँदनी– ९ का चन्द्र वहादुर गुरुङ्ग आफ्नो घरको भान्सा कोठामा लागेको आगो देखेर अताल्लीए । आजको प्रचण्ड गर्मीका कारण आगो तिव्र रुपमा फैलिदै मुल घरमा सर्न लागेको देखेर गुरुङ्गका घरका सबै परिवारमा चिच्चाकल्लो हुन थाल्यो । संयोगले सोही वडामा नेपाली काग्रेंसका वडाका उम्मेदवार तथा नेता कार्यर्ताहरुले स्थानिय निर्वाचनलाई लक्षित गर्दै मतदाता संग भेट गर्न घरदैलो गर्दै थिए । आगलागी भएको काग्रेंसका कार्यकर्ता तथा नेताहरुले खबर पाएपछि आगो निभाउन काग्रेंसका घरदैलो टोली हतार हतार गुरुङ्गको घर तर्फ लाग्यो । नेपाली कांग्रेस वडा नं. ९ को घर दैलो अभियानमा हिडेका टोली र स्थानियहरुले भान्सा कोठामा लागेको आगोलाई निभाउन निकै सकस भयो । अन्त ः आगो नियनत्रणमा आयो । भान्सा कोठामा सल्केको आगो नियन्त्रण नभए ठुलो क्षती हुने पक्का थियो । भान्सामा रहेको सिलिण्डर ग्यासमा लागेको आगो निभाउन पनि सफल भएपछि घरधनी गुरुङ्गले राहतको शास फेरेका थिए । ‘काग्रेंसको टोलीले मेरो सम्पत्ती जोगायो’ चन्द्र वहादुर गुरुङ्गले भने– ‘काग्रेंसका युवाहरु मेरो लागी भगवानकोरुप लिएर आएका रहेछन् ।’ आफ्नो घरमा ठूलो विपत्तिको घटना वाट जोगिएको गुरुङ्गले भने । दोधारा चाँदनी–९ मा नेपाली काग्रेंसले एक साता देखि स्थानिय निर्वाचनलाई लक्षित गर्दै काग्रेंसका वडाका उम्मेदवार तथा नेता कार्यकर्ता घरदैलो अभियानमा छन् । वडा नं. ९ मा वडा अध्यक्ष पदमा बिर बहादुर रावत, सदस्यमा बल बहादुर खड्का, खगीसरा सुनार, पुनम सुनार र बिर्ख बहादुर चदारोलाई नेपाली काग्रेंसले उम्मेदवार खडा गरेको छ् ।







