बुढेसकालको सहारा भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ् !


दोधारा । दोधारा चाँदनीमा नेकपा एमालेका उम्मेदवारहरु मत माग्दै जनताको घरदैलोमा पुगेका छन् । वैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरु घरदैलोमा पुगेका हुन् । घरदैलोका क्रममा ज्येष्ठ नागरिक मतदाताहरुले वृद्ध भत्ता दिने एमाले र एमालेका उम्मेदवारलाई जितको शुभकामना दिए । उनीहरुले एमालेका सबै उम्मेदवारको जित सुनिश्चित भएको भन्दै आशिर्वाद समेत दिएका छन् । ‘हामीलाई बुढेसकालमा पेट पाल्न भत्ताको व्यवस्था गर्ने एमालेलाई आशिर्वाद छ’, दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का एक बृद्धाले भने । वडा नं. ६ मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार ओंम बस्नेत, वडा सदस्यका उम्मेदवार टोप बहादुर शाही (गणेश), गणेश बहादुर मगर, चाँदनी कुमारी सुनार र सपना राना लगाएत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा रहेका अवस्थामा स्थानिय बृद्ध–बृद्धाले यस्तो बताएका हुन् । वडामा स्थानियहरुले नेकपा एमालेको बढी आशा र भरोसा गरेको नेकपा एमालेको वडा प्रचार प्रसार बिभागका संयोजक बिरेन्द्र खड्काले बताएका छन् । स्थानियहरुले यस पटक जसरी भएपनि एमालेको उम्मेदवारलाई बिजय बनाउने योजना बनाएको पाईएको संयोजक खड्काले बताएका छन् । वडाका उम्मेदवार ओंम बस्नेतले वडाका जनताहरुले सरकारको सेवा सुबिद्याबाट अझै पिडामा रहेको हुदा उनिहरुलाई अधिकार प्राप्त गर्न आफ्नो टिमको उम्मेदवारी रहेको दाबी गरेका छन् । ‘यस पटक वडामा हाम्रो टिमको जित पक्का छ्’ दोधारा चाँदनी नगरपालिका वडा नं. ६ का एमालेको तर्फ देखिको वडाध्यक्षका उम्मेदवार ओंम बस्नेतले भने ।


ताजा समाचार

spot_img