दोधारा । दोधारा चाँदनीका स्वतन्त्र समुहका मेयर पदका उम्मेदवार भिम कुमालले आफू विजयी भए सरकारले दिने तलब भत्ता नलिने घोषणा गरेका छन् । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहबाट मेयर पदमा उम्मेदवारी दिएका भिम कुमालले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् । स्थानिय निर्वाचनको लागी दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा मतदाता संग भेट गर्ने क्रममा आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्ने सार्वजनिक गरेका छन् । ‘अशक्त, अपांग, बिपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न तलब भत्ता खर्च हुनेछ् । गरिबीका कारण चुल्हो बाल्न नसक्नेलाइ खाद्यान्नको व्यवस्था मिलाईनेछ् । अभिभावक नभएका बालबालिकालाई त्यही रकमले सहयोग गर्नेछु’ स्वतन्त्रबाट मेयर पदका उम्मेदवार भिम कुमाले भने । कोरोना संक्रमणको पहिलो लहरमा दोधारा चाँदनी नगरपालिकामा सामाजिक कार्यमा प्रखर देखिएका उम्मेदवार भिम कुमालले आफु मेयर पदमा निर्वाचित भएपछि अझ सशक्त ढंगबाट सामाजिक काम गर्ने, बिसंगती हटाउने तथा नगरपालिका क्षेत्रमा समस्याकोरुपमा रहेको महाकाली नदी र जगबुडा नदीमा तटबन्ध, छाडा चौपाया ब्यवस्थापन, बन्यजन्तुको आतंक रोक्ने, नगर प्रहरी निमार्ण गर्ने, नगर शिक्षक घोषणा गर्ने, भ्रष्टाचार पुर्णपमा निर्मुल गर्ने लगाएत कार्य आफ्नो पहिलो एजेण्डा भएको बताएका छन् । ‘दोधारा चाँदनी नगरपालिकालाई नमुना पालिका बनाएर जनताको सुख र सम्मृद्धि लागी काम गर्नेछौं’ मेयर पदका उम्मेदवार कुमालले भने – ‘बाँझो जमिन उपयोगको नीति बनाउनेछौं । किसानहरुलाई बढी भन्दा बढी सहयोग गरि आर्थिक सम्मृद्धि संग जोड्नेछौं ।’ शिक्षा, स्वास्थ्य, सरसफाई, खानेपानी, कृषि, विधुत, सडक यातायात, सुचना तथा सञ्चार पर्यटन, पेशा व्यवसाय र रोजगारलाई प्राथमिकता दिदै नगरपालिकाको सम्पुर्ण बिकासमा आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन् । ‘सुशासन र समृद्धिको आधार, सुन्दर नगर स्वतन्त्र समुहको नारालाई आत्मासाथ गर्दै घोषण पत्रमा उल्लेख गरेका छन् ।







