दोधारा । दोधारा चाँदनीमा ५ जनाले आफ्नो उम्मेदवारी फर्ता लिएका छन् । उनिहरुले आफ्नो स्वईच्छाले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिनेमा स्वतन्त्रबाट मेयर पदमा कृष्ण प्रसाद जोशी, स्वतन्त्रबाट उपमेयर पदमा धन बहादुर शाही, स्वतन्त्रबाट वडा नं. ८ बाट वडाध्यक्ष पदमा मणीराज पण्डित, वडा नं. ८ बाट स्वतन्त्रबाट थिर बहादुर सुनार, स्वतन्त्रबाट वडा नं. ९ को वडाध्यक्ष पदमा हेमन्त थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएको दोधारा चाँदनी स्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ् । भिम कुमाल नेतृत्वको स्वतन्त्र समुहले भने आफ्नो दोधारा चाँदनीको दशै वडामा उम्मेदवार खडा गरेर घरदैलोमा मतदाता संग भेट गर्न लागेको छ् ।







