महेन्द्रनगर : स्थानीय तह निर्वाचन २०७९ का लागी निर्वाचन आचार संहिता कार्यान्वयन विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । आसन्न स्थानीय तहको चुनावलाई सौहाद्र वातावरणमा शान्ती सुव्यवस्था कायम गर्नको लागि आचार संहिताले भोलीको दिनमा स्तानीय तहको निर्वाचनलाई स्वच्छ धाँधली रहित बनाउन सहयोग गर्ने संवाद समुह कञ्चनपुरका का सहजकर्ता गगन खत्रीले बताए । स्थानीय चुनावलाई सबैले सम्मान गर्ने खालको मत जाहेर गर्ने खालको वातावरणको निर्माण गरिन सकोस र सरकारले सकारात्मक रुपले निर्वाचनको प्रचार प्रसारको समयलाई छोटो राखेर सहजीकरण गरेको अवस्थामा यसैलाई टेवा पुय्राउनको लागि आचार संहितालाई पूर्ण पालना गर्नको लागी पत्रकारहरको प्रमुख भुमिका रहने उनले बताए आचारसंहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन् ।

निर्वाचन जति खर्चिलो र भड्किलो बन्दै जान्छ त्यति नै आस्था, निष्ठा, विचार र सिद्धान्त पराजित बन्न सक्ने खतरा बढ्न थाल्छ भन्ने आम चासो र चिन्ता व्यापक बन्दै गएको छ । विगतमा सम्पन्न निर्वाचन सम्बन्धी तथ्य र अनुभवका आधारमा निर्वाचन व्यवस्थापनमा सुधार गर्नुपर्ने विभिन्न क्षेत्रहरु मध्ये आचारसंहिताको पालना र कार्यान्वयन एक महत्वपूर्ण क्षेत्र हो भन्ने कुरा निर्विवाद छ । त्यसैले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन स्थानीय तह निर्वाचन, २०७९ देखि कार्यान्वयन गर्नेगरी सबै राजनीतिक दल र सरोकारवालाहरुले सचेत हुनुपर्ने संवाद समुह कञ्चनपुरका का सहजकर्ता खत्रीले बताए ।

यद्यपि आचार संहितामा निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक संजालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने साथै सामाजिक सञ्जालमा गलत भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झुटा साइट, एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या हुनेगरी व्यक्तिगत लाञ्छना वा मान हानी हुने प्रकृतिका सामाग्री कुनै स्वरुपमा उत्पादन गर्न प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको छ । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार प्रसारको सिलसिलामा पचहत्तर ग्रामसम्मको कागजमा तीनसय वर्ग इन्चसम्म आकारको एउटै रंगको पर्चा, उम्मेदवारको कार्यालयमा ३ बाई ३ फिटसम्मको दलको झण्डा र सोही नापको चुनाव चिन्ह हुनु पर्ने छ ।







