कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माओवादीका केही नेताहरुले दिएको स्वतन्त्र उम्मेदवार फिर्ता भएकोछ । मेयरका लागि लोकेन्द्र ऐरीले दिएको उम्मेवारी फिर्ता भएको हो । ऐरीसंगै १ बाट वडाध्यक्षका लागि उम्मेदवारी दिएका नवराज अवस्थी, ८ बाट तिलक जप्रेल र ११ बाट दान बहादुर बोहराको उम्मेदवारी फिर्ता भएको छ ।

लोकेन्द्र ऐरीले उम्मेदवारी फिर्ता लिदै माओवादीबाट मेयरका युवा नेता नवराज ऐरलाई जिताएरै छाड्ने घोषणा गरेका छन । टिकटमा नमिलेपछि केही माओवादी नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन । तर, अन्तत पार्टीलाई जिताउन र प्रतिगम परास्थ पार्न एकजुट भएर माओवादीबाट मेयरका उम्मेदवार नवराज ऐर सहितका माओवादी र समाजवादीका सम्पूर्ण उम्मेदवारलाई जिताउन स्वतन्त्र उम्मेदवारी फिर्ता भएको बताएका छन ।







