समुन्नत बिकास र न्यायोचित व्यवस्था सुदृढीकरणका लागी मेरो उम्मेदवारी


यतिखेर दोधारा चाँदनी नगरपालिका सबैको चाँसो र पर्खाईको राजनैतिक बिषय बनेको छ् । आउदो बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागी सामाजसेवी भिम कुमाल र उनका टिम स्वतन्त्र समुहबाट उम्मेदवारी दिएका छन् । शुदुरपश्चिम क्षेत्रको भौगलिक द्धष्टीकोणले ऐतिहासिक नगरपालिका दोधारा चाँदनी हो । सरकारमा रहेको घटकहरुको गठबन्धन गर्ने भनेपनि दोधारा चाँदनी नगरपालिकामा गठबन्धको खासै असर भने देखिएको छैन् । अहिले दोधारा चाँदनी नगरपालिकामा मेयर, उपमेयर तथा वडामा को जनप्रतिनिधी आउछ भन्ने प्रतिक्षाको बिषय बनेको छ् । दोधारा चाँदनी नगरपालिका स्थानिय विर्नाचनले रंगयमान भएको छ् । उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न घरदैलोमा धाउन थालेका छन् । यस्तो अवस्थामा सामाजमा आफनो बेग्लै पहिचान बनाएका सामाजसेवी भिम कुमालले स्वतन्त्र समुह मार्फत आफु र आफ्नो टिमले उम्मेदवारी दिएका छन् । सबैको सहयोग पाएको र भिजन सहित दोधारा चाँदनी नगर प्रमुखमा उम्मेदवारी दिएको उनले बताएका छन् । उनले नगरपालिकाको विकासमा दीर्घकालीन योजनानै अघि सारेर निर्वाचनमा होमिएका छन् । सामाजसेवी भिम कुमाल दोधारा चाँदनीमा सामाजिक कार्यमा चिरपरिचित नाउ हो । उनले कोरोनाको कारण उब्जेको संकट होस् वा दुखी गरिब तथा असाहयका घडीमा सहयोगी पात्र बन्दै आएको उनका पछिल्ला गतिबिधीले देखाएको छ् । मनका धनीहरुले समाज रुपान्तरणमा ठूलो भूमिका खेलेको पनि हामीले देखेकै छौं । त्यस्ता ‘मनकारी हातहरु’ हाम्रै टोल, छिमेकमा पनि छन् भन्ने ज्वलन्त उदाहरण भिम कुमाल रहेको सामाजमा छाप परिसकेको छ् । बिगतका दिनहरुमा बडवाल टोलमा जंगली हात्तीले आतंक भएको बेला हात्तीले घर भत्काएको अवस्थामा उनिहरुलाई खाद्यान्न सहयोग, आगलागी भएको बेला अन्नपात तथा नगद सहयोग कार्य गर्दै आएका सामाजसेवी कुमाल कोरोना संक्रमणको पहिलो लहरको बेला कोरोनाको कारण उब्जेको संकट भएको अवस्थामा स्थानिय जनता पिडित भएको अवस्थामा ब्यक्ती सहयोग गरेर उनि दोधारा चाादनी नगरपालिका क्षेत्रमा सामाजिक कार्य गर्ने पहिलो ब्यक्तीको रुपमा परिचित हुदै आएका छन् । हुनत समाजमा सामाजसेवी कुमाल भन्दा धनी र सम्पन्न भएको ब्यक्तीहरु नभएको भने हैनन् । समाज सेवा गर्न को लागी न, त धन चाहिन्छ, न त उमेरको परिपक्वता नै । त्यस्तै उदाहरणीय बनेका छन्, सामाजिक भिम कुमाल । स्थानिय निर्वाचनमा होमिएका सामाजसेवी भिम कुमाल यतिबेला आफु र आफ्नो स्वतन्त्र समुहलाई बिजय बनाउन बस्ती टोलमा घरदैलो गर्दै आएका छन् । यसैक्रममा सामाजसेवी तथा स्वतन्त्र समुहको तर्फ देखि दोधारा चाँदनीमा नगरप्रमुखका उम्मेदवार भिम कुमाल संग गरिएको संक्षिप्त कुराकानी  –
तपाईको उम्मेदवारीे ?
दोधारा चाँदनी नगरपालिका भौगलिक द्धष्टीकोणले नेपालकै ऐतिहासिक नगरपालिका हो । यस नगरपालिकामा सबै जात, धर्म र संप्रदायिकका मानिस बसोबास गर्छन् । अरु नगरपालिकाको दाँजो हाम्रो नगरपालिका भौगलिक बनावटको हिसावले अलिक सानो नगरपालिका हो । सानो र फरक नगरपालिका भएको कारण योजनाबद्ध ढंगबाट काम गर्न सके हाम्रो नगरपालिकालाई देशकै नमुना नमुना नगरपालिका बनाउन सकिन्छ् । सामाजिक, आर्थिक विकास गर्नका लागि मैले १० वर्षको कार्य योजना नै बनाएर लागेको छु । मेरो उम्मेदवारी भनेको समग्र नगरपालिकाको विकास यहाँका जनताको चाहना अनुसार हुनेछ् । दलहरुमा भएको खिचातानीको कारण हाम्रो टिमले स्वतन्त्र समुहबाट स्थानिय निर्वाचनमा सबै पदमा उम्मेदवारी दिएका छन् । हामीले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा सबै वडामा उम्मेदवारी दिएका छौं ।
के छन् नगरपालिको समस्याहरू ?
यहाँको मुख्य समस्या भनेको सडक, किसानहरुलाई मलखाद, बिउबिजन तथा उत्पादन भएका बस्तुको बजारीकरण, युवा रोजगारी, स्वाथ्य संस्था, शिक्षा जस्ता सामन्य तथा आधाभुत विकासका सामान्य पूर्वाधार पनि छैनन् । हामीले हाम्रा जनप्रतिनिधीको ५ वर्षको काम हेर्यौं । हामीले चाहेको र अपेक्षा गरेको भन्दा धेरै कम काम भए । पालिकामा भ्रष्टाचार मौलायो । भ्रष्टाचारलाई रोक्न र जनताको आर्थिक तथा सामाजिक उन्नतीको लागी हाम्रो उम्मेदवारी हो । म, कुनै पदमा नभएपनि मेरो कामलाई सामाजले मुल्यांकन गरेको छ् । त्यसैले हाम्रो जित सहज र निश्चीत छ् ।
तपाईले नगर विकासका लागि के कस्ता योजना र वडा घोषणा पत्र बनाउनु भएको छ ?
म, यस नगरपालिकाको बासिन्दा अनि म यही जन्मिए, यही हुर्किए । यस हिसाबले यो क्षेत्रको मुख्य समस्या के, के छन् त्यसलाई राम्ररी नियालेको छु । यहाँका जनता के चाहन्छन् त्यो पनि बुझेको छु । अहिले सम्म हामीले देश विकास गर्न राजनीतिक दल चाहिन्छ भन्ने बुझ्यौं । तर, स्थानीय क्षेक्रको विकासका लागि स्थानीय व्यत्ति नै लाग्नु पर्दछ । हाम्रा साना देखि ठुला समस्या हल गर्न यहाँको हरेक घरपरिवारको अवस्था बुझेको, शिक्षित व्यक्तिलाई स्थानीय निकायमा ल्याउन सक्यौं भने बिकास हुन सक्छ् । यसका लागि मैले ५ बर्षे र १० बर्षेका लागि दीर्घकालीन र अल्पकालिन योजनानै बनाएको छु ।
नगरपालिकाको मतदाताको भनाई चाहि के रहेको छ ?
यहाँका जनताको विचार पनि दल भन्दा पनि व्यक्तिलाई हेर्ने भन्ने नै छ् । त्यही भएर पनि मलाई उम्मेदवारी दिनुपर्छ भन्ने दबाब भएको कारण मैले मेयर पदमा उम्मेदवारी दिएका हु । मैले बिगत केही वर्ष देखि दोधारा चाँदनी नगरपालिकामा सामाजिक कार्य गर्दै आएको छु । दलहरुको खिचातानी तथा भाडभैलोको कारण यस पटक दोधारा चाँदनीका जनताले राम्रो ब्यक्तीलाई जिताउने निश्चित भएको छ् । मेरो भनाई पनि हाम्रालाई हैन् राम्रालाई भोट दिउ भन्ने छ् । जो संग भिजन छ, शिक्षित छ, जसले स्थानीय जनताको आवाज बोक्न सक्छ् त्यस्ता व्यक्तिलाईनै चुन्नु पर्छ भन्ने छ् ।
अन्तमा, तपाई के भन्न चाहानु हुन्छ ?
सबैको सहयोग र सहकार्यमा नै मेरो उम्मेदवारी हो । विशेष गरी यो क्षेत्रका मतदाताले मलाई यस पटक नगरप्रमुख पदमा उठ्नुपर्छ भनेरनै साथ र सहयोग गर्नु भएको छ् । मेरो र मेरो टिमको उम्मेदवारी समग्र दोधारा चाँदनी नगरपालिकाकाको विकासका लागी हो भन्ने आम मतदातामा जानकारी गराउछु ।


ताजा समाचार

spot_img