धिरेन्द्र भट्ट/कंचनपुर : नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद गगन थापाले एमाले अध्यक्ष केपि सर्मा ओलि प्रति कटाक्ष गर्दै ओलिलाई उहाँको निवास बालकोट गएर ट्युसन सिकाउने बताउनुभयो। बसन्तपुरमा कांग्रेस द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले समय मिल्यो भने ओलिलाई बिकास र समृद्धिको ट्युसन सिकाउने बताउनुभयो। ओलिले कांग्रेसको घोषणापत्र प्रती गरेको टिप्पणीको जवाफमा कांग्रेसले घोषणा पत्रमा गरेको बिकास र समृद्धिको एजेन्डालाई ओलिले गफको नाम दिएको भन्दै मौका मिल्यो भने ओलिलाई बालकोटमै गएर ट्युसन दिने टिप्पणी गर्नुभयो। नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) लाई दिएको बहुमतलाई ओलि कदर गर्न नसकेको र आफू लागायत आफ्ना कार्यकर्ता चढेको बसलाई ओलिले भिर बाट खसालेको भनी कटाक्ष गरेका छन।

पाँच बर्षको लागि जनताले विश्वास गरेको ओलिको पार्टीलाई स्वयं आफैले संसद विघटनको बाटो अपनाएर लोकतन्त्रको हत्याको प्रयास गरेको भनी स्मरण गराउदै घोर आलोचना गरे। मंगलबार एक कार्यक्रममा कांग्रेसको घोषणापत्र प्रती ओलिले गरेको व्यङ्ग्यको जवाफ दिदै थापाले हामिले हाम्रो संकल्प पत्रमा हावा कुरा, नसक्ने कुरा गरेका छैनौ भन्दै हामिले माथिल्लो तहमा हुने काम स्थानीय तहमा ल्याएको उहाँले बताउनुभयो। ओलिले कांग्रेसको घोषणापत्र प्रति मुख छाडेको भन्दै थापाले ओलि ले मुख छाड्नु कुनै नौलो कुरा नभएको र जसको मुखमा अङ्गार छ उसले कालै ओगल्ने समेत टिप्पणी गर्नुभयो। ‘ओलिले मलाई पागल भन्नुभयो तर मेरो चित्त दुखेन किनभने जब कसैले ओलिको झुठलाई च्यालेन्ज गर्छ तब उहाले सबैलाई पागल भन्नुहुन्छ। सुशीला कार्की, गोबिन्द केसी लाई पनि यसैगरी पागल भन्नुभएको थियो’, थापाले भने।







