बेलडाँडी १ को वडाध्यक्षको दौडमा काँग्रेस गाँउ सभापति विष्ट


कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका सभापति गज बहादुर विष्टले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन ।
३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन काँग्रेस गाँउ सभापति विष्टले बेलडाँडी गाँउपालिका वडा न.१ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । बि.स २०७४ सालको स्थानीय तहको चुनावमा वडाध्यक्षमा पराजित भएका थिए। थोरै मतले हारेका बिष्ट अहिले पुनः वडाध्यक्षको दौडमा निरन्तर लागेका छन् । पाटीले विश्वासका साथ यस पटक पनि विष्टलाई पुनः वडाध्यक्षको जिम्मेबारी दिएको हो।
गाँउ सभापतिमा निर्वाचित भएका विष्टले वडाध्यक्षमा उम्मेदबारी दर्ता गराएसंगै चुनावमी मैदानमा खटिएका छन । १३ औँ महाधिवेशनबाट काँग्रेस गाँउ सचिवमा रहेका विष्ट अहिले पार्टीको मुल जिम्मेबारीमा पनि छन । ३५ बर्षिया काँग्रेस युवा नेता विष्ट किशोरा अवस्थादेखि काँग्रेसको राजनीतिमा होमिएका थिए । रौलेश्वर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्दा देखि उनी काँग्रेसको राजनीतिमा जोडिएका हुन । पारिवारिक खान्दानी नै काँग्रेसमा भएकाले उनले पनि किशोरा अवस्थादेखि काँग्रेसकै राजनीति गरिरहेका छन । विभिन्न समाजिक संघसंस्था एव युवा उद्यमीमा समेत सकृय रहेका विष्टलाई काँग्रेस युवा पङक्तिको साथ सर्मथन रहेको छ । समाजसेवीका रुपमा परिचित विष्टले वडाको दिगो विकासका लागि आफु उम्मेदवार बन्न तयार रहेको बताए।
बेलडाँडी युवा समुहको अध्यक्ष, महाकाली सिँचाई द्वितिय चरण ६ ब्लकको अध्यक्ष समेत रहेका विष्टले विगतमा बेलडाँडी क्षेत्रका युवाका लागि खेलकुद बिकासका मा निरन्तर सात सहयोग गर्दै विभिन्न योजनाका साथै प्रतियोगिता समेत आयोजना गराएका थिए ।

ताजा समाचार

spot_img