पुर्नवासमा गहुँको नलमा आगलागी, समयमै प्रहरी र दमकल पुग्दा ट¥यो ठुलो क्षति

धिरेन्द्र भट्ट / कंचनपुर : कंचनपुरको पुनर्वास नगरपालिका स्थित परासन गाउँमा रहेको गहुँ नलमा भीषण आगलागी भएको छ। मंगलबार दिउँसो करिब दुई बजे परासन गाउँमा किसानहरुले खेती गर्दै आइरहेको लगभग ८ बिगहा जमिनमा रहेको गहुवारीमा आगलागी भएको हो।

No description available.

तर स्थानिय प्रहरी र दमकलको सहयोगले गहूँ काटेर थुपारेको स्थान सम्म र स्थानियको घर गोठ सम्म आगोको लपेडा नपुग्दा ठुलो दुर्घटना हुन बाट जोगिएको छ । आगो लाई नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय निर्वाचनका लागि खेटिएका म्यादी प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा नियन्त्रण बाहिर गएपछि दम्कलको सहायताले आगोलाई नियन्त्रणमा लिइएको हो।

No description available.

आगो भयावह हुनु अगावै नियन्त्रणमा आएकोले कुनपनी धनजनको क्षति नभएको र किसानहरुले थ्रेसीङ गर्नको लागि काटेको गहुँ क्षति हुनबाट बचेको पुनर्वास स्थित हाम्रा सम्बादाता विशाल बोहराले बताए।

ताजा समाचार

spot_img