दोधारा । तत्कालिन माओबादी जनयुद्धका लडाकु स्वतन्त्रमा उम्मेदवारीमा दिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ निवासी तत्कालिन जनयुद्धका लडाकु भुपेन्द्र औजीले वडाध्यक्ष पदको उम्मेदवारी दिएका छन् । हिजो एक कार्यक्रमको बिच नेकपा माओबादीका नेता भिम कुमाल लगाएत टोली संग उनले पनि नेकपा माओबादी केन्द्र परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका हुन् । २०५४ सालमा तत्कालिन माओबादी लडाकुमा भर्ना भएका थिए । जनयुद्धमा होमिन उनि बैतडीको शिवताल गाँउपालिका स्थित रहेको पिपलकोट माध्यमिक बिद्यालय पढ्दा पढ्दै छाडेका थिए । देशमा परिवर्तको लागी जनयुद्धमा होमिएका तत्कालिन जनयुद्धका लडाकु भुपेन्द्र औजी २०६९ सालमा स्वईच्छा अवकास लिएका हुन् । उनि भन्छन् ‘देश र समाज परिवर्तको लागी अझै पनि सहभागी हुने ईच्छा त्यत्तीकै छ् ।’ जनयुद्धमा पिडा र खुशीको दिन सुनाउदै उनि भन्छन् ‘त्यत्ती बेला हामी गरेको योगदानले देशमा ठुलो परिवर्तन त आयो, तर हाम्रा नेताहरु लोभी भए ।’ दोधारा चाँदनी नगरपालिकामा २०६० सालमा बसोबास गर्दै आएका तत्कालिन लडाकु औजी नेकपा माओबादी केन्द्रका जिल्ला कमिटि सदस्य र नगर कमिटि सदस्यमा रहेर पार्टीको लागी काम गरे । पार्टीमा अहिले आएर बिचलन आएको र सामान्तबादहरु हावी भएको कारण आफुले पार्टी छाड्न बाध्य भएको उनले बताएका छन् । सामाजिक हिसाबले पछि परेका जनता, पिडा सहदै, पेल्लीदै आएका गरिब तथा बिपन्नहरुका लागी अधिकारको लडाईको लागी आफुले वडाध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारीमा दिएको तत्कालिन लडाकु भुपेन्द्र औजीले बताएका छन् । आफु संग जनताको माया र आशा रहेको हुदा आफ्नो जित पक्का भएको उनको दाबी छ् ।







