भीमदत्त नगरका महिलालाई चुरापोते निर्माण तालिम

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका महिलालाई चुरापोते निर्माण तालिम दिईएको छ । आर्दश महिला समाज नेपालले भीदत्त नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रका महिलालाई चुरापोते निर्माण तालिम दिईएको हो । नगरका बेरोजगार युवतीहरुलाई आत्मनिर्भर बनाउनका लागि चुरापोते तालिम दिईएको आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले बताईन । अध्यक्ष नेगीले कोरोना पछि प्रभावित भएको महिलाको बृद्धि विकास र आत्मनिर्भरताका लागि उक्त तालिम आयोजना गरिएको बताईन ।

No description available.

मंगलबार एक कार्यक्रमका विच उक्त तालिमको समापन गरिएको छ । समापन कार्यक्रममा तालिममा सहभागिहरुले तालिम व्यवहारिक र प्रभावकारी भएको बताएका छन । तालिमको अवधि बढि हुनुपर्ने बजारका लागि सहयोगमा आग्रह गरेका छन । भीमदत्त नगरपालिका महिला विकास अधिकृत कुन्ती लेखकले सिकेको सीप व्यवहारिक कार्यान्वयनमा जोडदिईन ।

No description available.

आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीको अध्यक्षमा समापन भएको कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । अध्यक्ष नेगीले आगामी दिनमा समेत थप महिलाको बृद्धि विकासका लागि कार्यक्रम संचालन गर्ने बताईन । प्रशिक्षक मन्जु केसीले तालिमबाट सिकेका विषय व्यवसायिक कार्यान्वयनमा जोडदिनुभयो ।

ताजा समाचार

spot_img