कञ्चनपुरमा चाहिने भन्दा एक चौथाई उम्मेदवार खडा


कञ्चनपुर:  आशन्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा दुई हजार बढिको उम्मेदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार विभिन्न पदमा दुई हजार २ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन कार्यालय कञ्चनपुरका सुचना अधिकारी भान महादुर महराले दुई दिन दर्ता भएको मनोनय अनुसार ९ वटै पालिकाबाट खुला सदस्य, महिला सदस्य, दलित महिला सदस्य, वडाध्यक्ष, उप प्रमुख र प्रमुख गरी विभिन्न सबै पदमा उम्मेदवारी दर्ता भएको बताए । कञ्चनुरमा चाहिने भन्दा एक चौथाई उम्मेदवारी दर्ता भएका भएको छ ।

कञ्चनपुरमा ४ सय ७८ पदका लागि २२ सय ८४ उम्मेदवारी दर्ता गराएका छन । ९ प्रमुखका लागि ७३, ९ उपप्रमुखका लागि ५६, ९२ वडाध्यक्षका लागि ६ सय २, ९२ महिला सदस्यका लागि ३ सय ९१, ९२ दलित महिला सदस्यका लागि ३ सय ५७ र १ सय ८४ खुला सदस्यका लागि ८ सय ३ले उम्मेदवारी दर्ता गराएका छन । सबैभन्दा बढि भीमदत्त नगरपालिकामा ४ सय ४६ र सबैभन्दा कम १सय २१ ज्नाले उम्मेदवारी दर्ता गराएका छन । बेलडाँडी गाँउपालिकामा ६ प्रमुख, ६ उप प्रमसुख, १ सय २२ वडाध्यक्ष, १७ महिला सदस्य, १७ दलित महिला सदस्य ४५ खुला सदस्य गरि २ सय १३ जनाले उम्मेदवारी दर्ता गराएका छन । लालझाडी गाँउपालिकामा ६ प्रमुख, ४ उपप्रमुख, २८ वडाध्यक्ष, २१ म्हिला सदस्य, १८ दलित महिला सदस्य, ४४ खुला सदस्य गरी १ सय २१ ले उम्मेदवारी दर्ता गराएका छन ।

बेलौरी नगरपालिकामा ६ प्रमुख, ७ उपप्रमुख, ४९ वडाध्यक्ष, ४५ महिला सदस्य, ३६ दलित महिला सदस्य, ९३ खुला सदस्य गरि २ सय ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन । पुनर्वास नगरपालिकामा ७ प्रमुख, ५ उपप्रमुख, ६४ वडाध्यक्ष, ५० महिला सदस्य, ४७ मलित महिला सदस्य, १ सय २ खुला सदस्य गरि २ सय ७५ जनाले उम्मेदवारी दर्ता गराएका छन । कृष्णपुर नगरमा ७ प्रमुख, ६ उपप्रमुख, ५७ वडाध्यक्ष, ४२ महिला सदस्य, ३६ दलित महिला सदस्य, ८२ गरी २सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन । शुक्लाफाँटा नगरपालिकामा ८ प्रमुख, ५ उप प्रमुख, ६७ वडाध्यक्ष, ४२ महिला सदस्य, ३९ दलित महिला सदस्य, ९६ गरी २ सय ४४जनाले उम्मेदवारी दर्ता गराएका छन । बेदकोट नगरपालिकामा ११ प्रमुख, ४ उपप्रमुख, ५९ वडाध्यक्ष, ४३ महिला सदस्य, ४१ दलित महिला सदस्य, ८६ खुला सदस्य गरी २ सय ४४ले उम्मेदबारी दर्ता गराएका छन ।

भीमदत्त नगरपालिकामा १४ प्रमुख, ११ उपप्रमुख, १ सय ६ वडाध्यक्ष, ८२ महिला सदस्य, ७३ दलित महिला सदस्य, १ सय ६० खुला सदस्य गरि ४ सय ४६ले उम्मेदवारी दर्ता गराएका छन । दोधाराचाँदनी नगरपालिकामा प्रमुख र उप प्रमुख बराबरी ८÷८, वडाध्यक्ष ५२, महिला सदस्य ४९, दलित महिला सदस्य ४८, खुला सदस्य ९५ जना गरी २सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन ।


ताजा समाचार

spot_img