कञ्चनपुर: बेलडाँडी गाँउपालिकामा नेकपा माओवादी र नेकपा एकीकृकत समाजवादीका साझा उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

माओवादी र समाजवादी विच भएको सहमती अनुरुप बेलडाँडीमा दुवै पाटीका साझा उम्मेदवारले मनोनयन दर्ता गराएका हुन ।

समाजवादी माओवादीका तर्फबाट बेलडाँडी प्रमुखमा ईश्वरी भट्ट, उप प्रमुखमा कल्पना गिरी र क्रमस १देखि ५वडा अध्यक्षहरुमा अम्मरराज खत्री, गगन थापा, सुकुन्दराज सोती, प्रकास खत्री र कर्मु राना रहेका छन । उनीहरुको उम्मेदवारी दर्ता भएको छ। संयुक्त उम्मेदवारी दर्ता गराएर माओवादी समाजवादी दुवै बाम गठबन्धनले चुनावमा होमिने प्रतिबद्धता जोहर गरेको छ ।

बेलडाँडि गाउँपालिका मा रहेका ५ वटा वडा दुई पार्टीको भागबन्डा परेका छन। जसमा समाजवादी वडा न.१,२ र ५ , नेकपा माओवादी केन्द्रको भागमा ३ र ४ नम्बर वडा रहेका छन् ।






