पत्रकार तिवारी चुनावी मैदानमा, लोसपाबाट भीमदत्त २को वडाध्यक्षमा उम्मेदवारी दर्ता


कञ्चनपुर : कञ्चनपुरका एक पत्रकार समेत चुनावी मैदानमा उत्रिएका छन । भीमदत्त नगरपालिका वडा नम्बर २ मा अम्बा दत्त तिवारी ले वडा अध्यक्ष पदको लागी उम्मेदवारी दिएका छन । वडा को समुन्नत बिकास का लागी उम्मेदवारी दिएको बताउँछन् ।

शिक्षा स्वास्थ्य खानेपानी यातायातमा वडावासी को पहुँच पुगाउने बाढी नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने महिला हरुलाई समुह मार्फत स्वरोजगार मुखी कार्यक्रम सञ्चालन गर्ने किसानलाई बिउबिजन उपलब्ध गराइ कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने मल खाद समयमा किसानलाई सहजै उपलब्ध गराउने निति लिएका छन।

तिवारी २०६१ साल देखि पत्रकारिता पेशामा रहेका छन । ०६२र०६३ को जनआन्दोलन मा घाइते भएका तिवारी २०६९ साल देखि राजनीतिमा सक्रिय रहेका छन । उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चुनाव चिन्ह साइकल बाट उम्मेदवार रहेका छन । विकास मुखी मिलनसार तिवारी वडा मा युवा तथा जेष्ठ नागरिक हरु माझ लोकप्रिय छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img