राप्रपा दोधारा चाँदनीबाट नगर प्रमुखको उम्मेदवारमा भगीरथ भट्ट सर्वसम्मत


दोधारा । आउदो ३० गते हुने स्थानिय निर्वाचनको लागी दोधारा चाँदनीमा उम्मेदवार सर्वसम्मत बनाउन दलहरु लागी परेका छन् । यसै क्रममा दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख उम्मेदरवारमा भगीरथ भट्टलाई सर्वसम्मत चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका संस्थापक तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले जानकारी दिएका छन् । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी नगर कार्य समितिको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सदस्य भगीरथ भट्ट सर्वसम्मत राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ देखि नगर प्रमुखको उम्मेदवार सर्वसम्मत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका संस्थापक तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले बताएका छन् । यस्तै बैठकले नगरउपप्रमुखको लागी ऋषु सुनुवारलाई सर्वसम्मत गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीले जनाएको छ् ।


ताजा समाचार

spot_img