दोधारा । दोधारा चाँदनीमा ब्रेन ट्युमर भएका रोगीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ् । ब्रेन ट्युमर भएका दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निवासी ललित दत्त भट्टको उपचारको लागी नगद रकम आज उनैको घरमा गएर सामाजसेवी केशव खक्री, बित्रम चन्द, प्रताप सिंह, नर बहादुर पाँण्डेले सहयोग गरेको ललित दत्त भट्का धर्मपत्नी नन्दा भट्ट तिवारीले बताएका छन् । सामाजसेवी केशव खत्रीले रु. ५ हजार १ रुपिँया, बिक्रम चन्दले रु.१ हजार, प्रताप सिंहले रु. ५ सय, नर बहादुर पाँण्डेले रु. ५ सय गरि जम्मा रु. ७ हजार १ रुपिया उपचार खर्च सहयोग गरेका हुन् । ब्रेन ट्युमर भएका भट्टलाई सहयोग रकम हस्तान्तरण गरिएको छ् । ब्रेन ट्युमरबाट पिडित भएका भट्टको भारतको राजधानी स्थित गोबिन्द बल्लभ पन्त अस्पतालमा उपचार हुदै आएको छ् । अझै सम्म उनको उपचारमा रु. १५/२० लाख बढी खर्च भईसकेको उनका परिवारजनले बताएका छन् । यस अघि स्थानिय डम्मर चन्द, भुवन ओझा लगाएका युवाहरुको टोलीले भट्टको उपचारको लागी रु. १ लाख २० हजार अभियान संचालन गरि सहयोग रकम हस्तान्तरण गरेको बताईएको छ् । ब्रेन ट्युमर भएका ललित भट्टको तेस्रो पटक शल्यक्रिया गर्नु पर्ने भएको उनको धर्मपत्नी नन्दाले बताएका छन् ।


घरमा भएको सबैथोक उपचार गर्न खर्च भईसकेको कारण आर्थिक अवस्था निकै जरजर भएको नन्दाले बताईन् । सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै ललित दत्त भट्टका धर्मपत्नी नन्दाले आफ्नो श्रीमानको उपचारको लागी सहयोगको अपिल समेत गरेका छन् । सहयोग गर्नुहुने सामाजसेवी केशव खक्री, बित्रम चन्द, प्रताप सिंह, नर बहादुर पाँण्डेलाई नन्दाले बिशेष धन्यबाद दिएका छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा राप्रपा दोधारा चाँदनीका संस्थापक ईन्द्र बहादुर खत्री, राप्रपाका नेता भगिरथ भट्ट लगाएत स्थानियहरुको सहभाभिता रहेकाृे थियो ।







