नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) शुक्लाफाँटाको अध्यक्षमा पन्त


कञ्चनपुर : नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) शुक्लाफाँटा नगरपालिका स्तरीय प्रथम सम्मेलनबाट देवराज पन्तको अध्यक्षतामा शुक्रवार नौ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा मिना कुमारी भण्डारी, तेजराज जोशी, सचिवमा प्रेमप्रकास जोशी र कोषाध्यक्षमा जुना कुमारी स्याडा चयन भएका छन । यसैगरी समितिको सदस्यमा बिस्नादेवी भट्ट, चन्द्र चौधरी, माया जोरा, बिर बहादुर विक चयन भएका छन । कार्य समिति संगै सम्मेलनबाट सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
सल्लाहकार समितिमा रामप्रसाद भट्ट, कृष्णराज जोशी, कृष्ण बहादुर कार्की, हेमराज अबस्थी, महेश भट्ट, हरिदत्त भट्ट र गंगा बस्नेत रहनु भएको छ । सम्मेलनको प्रमुख अतिथिमा संगठनका केन्द्रिय कोषाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज बलदेव कपाडी रहनु भएको थियो । बिशिष्ठ अतिथिमा संगठनका जिल्ला उपाध्यक्ष कृष्ण भट्ट, नेकपा(माओवादी केन्द्र) का नगर इन्चार्ज इश्वर सुनार, सोही पार्टीका नेता नवराज ऐर, प्रेम धाुनक अतिथिका रुपमा रहनु भएको थियो । सम्मेलनमा स्वागत मन्तव्य रामप्रसाद भट्टले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण कार्कीले गर्नु भएको थियो ।

ताजा समाचार

spot_img